काठमाडाैँ । विश्वकप यू-१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन्।
उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन्।
सिंह १८ बलमा २१ रन बनाएर खेलिरहेका थिए। ५ ओभरको समाप्तिमा भारत २६ रन बनाएर खेलिरहेको छ।
यू-१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ। समूह चरणमा एउटा मात्रै खेल जितेको नेपाल अंकविहीन छ। सुपर सिक्समा पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। भारत भने ६ अंक सहित शीर्ष स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्