Ads

सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : विनोद चौधरी


काठमाडाैँ । देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपका मुख्य व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सांसद चौधरीले शुक्रबार पार्टी संसदीय दलको बैठकमा असन्तुष्टि जनाएका हुन्।

कांग्रेस सांसदसमेत रहेका अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले यस प्रकरणमा ब्रिफिङ गरेका छन् ।

चौधरीले यो गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका थिए । उनले बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत कब्जा गरेको अस्वीकार गरे ।

चौधरीलाई उद्वृत गर्दै स्रोतले भन्यो,‘अरुण चौधरी नाताले मेरो भाइ हुन्। तर, उनी नेपालको एक सफल उद्यमी र व्यवसायी पनि हुन्। यो घटना जुन बाँसबारी छालाजुत्ता कारखानाले ०४६ सालमा बोलपत्र आह्वान गरेर सबैभन्दा बढी रकममा छनोट गरेर विधिवत् रूपमा जुत्ता कारखाना बनाउने गरी सम्झौता भएकाे हाे ।’

बैठकमा सांसद चौधरीले सरकारले एउटा उद्योगी–व्यवसायीलाई अपमानित ढंगले पक्राउ गरेको भन्दै यसले समग्र उद्योगी–व्यवसायीलाई नै आतंकित र हतोत्साही बनाउने जिकिर गरेका थिए। यसले लगानी सम्मेलनलाई पनि प्रभावित पार्ने उनको जिकिर थियो।

‘हामी उद्योगी–व्यवसायी जो अर्बौँको लगानी गरेर व्यवसाय गरेका छौँ, हामी भाग्ने, लुक्ने, छल्ने भन्ने हुन सक्दैन। छानबिन गर्न सकिन्छ, तर जुन ढंगबाट एरेस्ट गरिएको छ, यसमा चित्तबुझ्दो अवस्था छैन,’ चौधरीको धारणा उद्धृत गर्दै स्राेतले भन्याे।

Ads

सम्बन्धित पोष्टहरू