Ads

विवेकशील साझा विवाद : प्रदेश सांसदसहित २६ केन्द्रीय सदस्य निस्कासन


काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश सांसदसहित २६ केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टीबाट निस्कासन हुनेमा प्रदेश सांसद रमेश पौड्याललगायत २६ जना केन्द्रीय सदस्य रहेका छन् । यी सबै नेताहरु मूल बाटो नामक दस्तावेज लेखेका कारण कारवाहिमा परेको बताइएको छ । विवेकशील साझामा विवाद हुदा यी केन्द्रीय सदस्यहरु मिलन पाण्डेको पक्षमा उभिएका थिए । पाण्डेलाई यसअघि नै अध्यक्ष रविन्द्र मिश्रले पार्टीबाट कारवाहि गरीसकेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री ९कार्की०, धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि केन्द्रीय सदस्यबाट हटाइएको छ ।

गएका चारवटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू