काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता एमालेको एजेण्डा भएको दाबी गरेका छन् ।
एमाले निकट अखिल नेपाल महिला संघको मंगलवार काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत सहभागिता माओवादी युद्धको एजेण्डा नभएको बताए ।
ओलीले भने , ‘अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारीको प्रस्तावमा कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले समर्थन गरेर २०६३ जेठ १६ गते राज्यका सबै तहमा ३३ प्रतिशत सहभागिता संसदबाट पारित भएको हो। म कतै कतै सुन्ने गर्छु हाम्रो जनयुद्धले गर्दा महिलाको ३३ प्रतिशत पुर्यायौं भन्छन् । तर त्यसको कुनै भूमिका छैन । यो अवधारण अखिल नेपाल महिला संघले ल्याएको हो । त्यो भनेको एमालेबाट आएको हो ।’
यो एमालेको कारण स्थापित भएको एजेण्डा हो । माओवादीको होइन ओलीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्