Ads

घनश्यामप्रति ओलीको कटाक्ष : कम्युनिष्ट सरकार ढाल्नेसँग एमाले नमिले सर्वनाश हुन्छ भन्नु हाँस्यास्पद


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसालप्रति कटाक्ष गरेका छन् । कम्युनिष्ट नमिले सर्वनाश हुने विद्धानले भनेछन् भन्दै भुसालप्रति कटाक्ष गरेकाछन् । मंगलबार नै भुसालले कम्युनिष्ट पार्टीहरू आउने स्थानीय चुनावमै मिल्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भुसालको नाम नलिई तथाकथित बुद्धिजिवीहरूले कम्युनिष्ट नमिले एमाले सिद्धिन्छ भन्ने सम्म भन्न भ्याए भन्दै आक्रोस पोखेका छन् । उनले भुसालको अभिव्यक्ति निरास जनक भएको भन्दै एमाले एक्लै ६०प्रतिशत स्थानीय तह जित्ने दाबी गरे ।

ओलीले भने, ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजिवी त्यसामा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निरास बनाइदिन्छन् । हिजोमात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहिँ नजित्ने भएर । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजिवीलाई त्यस्तो लागेछ ।’

ओलीले भने, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ ? आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने,अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’

कम्युनिष्ट पार्टी ढाल्न बाहिर गएर भोट हाल्ने, अनि दक्षिणपन्थी सरकार बनाउनेहरूलाई एमालेले कम्युनिष्ट मानेर बोक्न नसक्ने ओलीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू