काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर चलाएको छ ।
आज आइतबार काठमाण्डौ महानगर-३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाएका थिए । आज १४ वटा टहराहरूमाथि डोजर चलाइएको छ,’ उनले भने, ‘त्यहाँ महानगरपालिकाले खेलकुद पार्क बनाउने छ ।
प्रतिक्रिया दिनुहोस्