काठमाडौं । संसद बैठकमा उपस्थित सांसदहरूको विवरण सार्वजनिक हुने भएको छ।
आजदेखि सुरु हुने तेस्रो अधिवेशनमा उपस्थित सांसदहरूको विवरण संसद सचिवालयको वेवसाइटमार्फत् सार्वजनिक हुने भएको हो।
बैठकमा सभामुखले भने– प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु ।
बैठकमा कानून मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए। कार्यतालिका लागू भएपछि बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्