काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यूएई पुगेको छ ।
आज(मंगलबार) बाट सुरु भएको सिरिजमा पहिलो दिन यूएई र पीएनजी भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेल बुधबार पीएनजीसँग खेल्ने छ ।
नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । त् यसयता नेपालले घरेलु क्रिकेटमा समेत ५० ओभरको खेल खेलेको छैन ।
नेपालले श्रीलंकामा लिग–२ अन्तर्गतको सिरिजको तयारीका लागि चार अभ्यास खेल खेलेको थियो । चार खेलमा नेपालले तीन खेल जितेको हो ।
यस्तै नेपालले यूएईसँग हालसम ४ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा नेपाल २ खेलमा जित निकाल्न सफल भएको छ भने २ खेलमा पराजित भएको थियो भने गत भदौमा नेपालले पीएनजीसँग ओमानमा २ मैत्रीपूर्ण एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा सहजै पराजित गरेको थियो ।
सन् २०१९ मा यूएईको मैदानमा ३ खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले यूएईलाई अन्तिम २ खेलमा पराजित गर्दै पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग दुईमा ७ राष्ट्र रहेका छन् । लिग सकिंदा शीर्ष तीन स्थानमा रहने राष्ट्र सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको लागि छानिने छन् भने पुछारका चार राष्ट्रले विश्वकप छनोटको क्वालिफायर्स खेल्नु पर्ने छ ।
तेस्रो सिरिजमा नेपालले घरेलु टोली यूएई तथा पपुवा न्यु गिनीसँग दुइ खेल खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्