काठमाडाैँ । नेपाल वायुसेवा निगमले २ वटा न्यारोबडी जहाज भाडामा लिन ग्लोबल टेन्डर आब्हान गरेको छ।
निगमले मंगलबार सार्वजनिक सूचना निकालेर ग्लोबल टेन्डर आह्वान गरेको छ । यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रह गरेको छ ।
इच्छुक कम्पनीले आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने निगमले जनाएको छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले २ वटा न्यारोबडीको लागि सूचना जारी गरेको बताएका छन्।
टेन्डरको सूचना अनुसार जहाज उत्पादक कम्पनी, वायुसेवा सञ्चालक, जहाज भाडामा दिने कम्पनीले टेन्डरमा भाग लिन पाउने छन्।
प्रतिक्रिया दिनुहोस्