काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका हुन्।
उनले संसदमा दलित समुदायका सांसदहरुको प्रतिनिधित्व भए पनि मन्त्रिपरिषद्मा एकजना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने बताए। उनले अझै पनि महिला तथा दलितहरुको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको जिकिर गरे।
उनले देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको टिप्पणी गरे। उनले गणतन्त्रपनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताए।
उनले राजनीतिक दलहरुका कारण संसदको सार्वभौमिकता नरहेको पनि बताए। उनले संसदको बैठक अझै पनि परम्परागत शैलीमा गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्