काठमाडौ\ राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । यो संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध स्थापित गर्ने संयन्त्र हो ।
संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारका अधिकार माथि हस्तक्षेप गरेको निरन्तर गुनासो र आक्रोश आई रहेका बेला यो बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मुख्यमन्त्रीहरू तथा स्थानीय तहका तहका प्रतिनिधि सहभागी हुने छन् ।
परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो । उक्त बैठकले संघीयता कार्यान्वयनका लागि देखिएका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्