काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभामा ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रतिनिधिसभामा पहिल्यै समूह विभाजन भइसकेको छ भने ६ फागुनमा तेस्रो समूहका सांसदहरूले प्रधानमन्त्रीलाई सीधा प्रश्न सोध्ने छन्।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा लागि सांसदहरूले फागुन २ गते नै संघीय संसद्को महासचिवलाई लिखित रुपमा प्रश्न बुझाउनुपर्ने छ।
प्रतिक्रिया दिनुहोस्