काठमाडौं । बुधबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बस्दै छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ नेम्वाङले बताए ।
प्रतिक्रिया दिनुहोस्