Ads

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य


काठमाडाैँ । एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६८ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे ।

यस्तै आरिफ शेखले ३८ रन बनाए । ५० बल खेलेका उनले चार चौका प्रहार गरे । सोमपाल कामीले २७ रन बनाए । २३ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन बनाए । रोहित पौडेल र आसिफ शेख समान ८ रन बनाएर आउट भए ।

सूर्य तामाङले १० रन बनाए भने रिजन ढकाललले ४ रन बनाए । ललित राजवंशीले एक रन बनाए ।

क्यानाडाका उदय भगवानले तीन विकेट लिए । यस्तै सादबिन जाफार र इश्वरजोज सोनीले दुई विकेट लिए । यस्तै, साहिद अहमतजाई र हर्ष ठाकेरले एक/एक विकेट लिए ।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेलेको हो ।

आजको खेलमा स्पिनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू