Ads

नेप्से परिसूचक ५ दशमलव ७४ अंकले बढेर २०९६ दशमलव ३८ विन्दुमा


काठमाण्डौ । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५ दशमलव ७४ अंकले बढेर २०९६ दशमलव ३८ को विन्दुमा पुगेको हो ।

बिहीबार ३१७ कम्पनीका ६७ हजार २ सय ७३ पटकको कारोबारमा ९ करोड १७ लाख १ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ६७ अंकले बढेर ३ सय ७८ दशमलव ६४ को विन्दुमा पुगेको छ ।

Ads

सम्बन्धित पोष्टहरू