बिराटनगर\ कोशी प्रदेश सरकार र नामाकरण संघर्ष समितिबीच आज पनि वार्ता हुँदैछ । हिजो भएको वार्तामा सरकारी पक्षले प्रदेशको नाम फेर्न सरकारलाई सहमत बनाउने आश्वासन दिएको थियो ।
नामाकरण संघर्ष समिति र कोशी प्रदेश सरकारबीच हिजो भएको वार्ताका निष्कर्ष मन्त्रिपरिषद्मा पेस गर्ने र प्रदेश सभामा लैजाने सहमति भएको कोशी प्रदेशका मन्त्री तथा वार्ता समिति संयोजक कमलप्रसाद जबेगुले जानकारी दिएका छन् ।
वार्तामा आफूहरुले पहिचान आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा क्षतिपूर्तिका विषयमा समेत कुरा उठाएको किराँत राई यायोखाका उपाध्यक्ष युवराज राईले जनाएका छन् ।
गत माघ ६ गते प्रदेश सरकारले भौतिक पुर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पनि असार ४ गते संघर्ष समितिसँग वार्ता गरेको थियो । तर, प्रदेश सभामा विश्वास गुमाएपछि कार्की नेतृत्वको सरकार असार १५ गते ढलेपछि नामाकरण संघर्ष समिति र कोशी सरकारबीच वार्ता हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्