Ads

नागरिकता अध्यादेशविरुद्धको रिट खारेज


काठमाडौँ । नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, मिरा खड्का, आनन्दमोहन भट्टराईका र ईश्वर खतिवडाको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरेर गत जेठ ९ गते तत्कालिन सरकारले नागरिकता ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको होे ।

संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको भन्दै कानुन व्यवसायीहरुले सर्वोच्चमा रिट दिएका थिए । नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको बताईएको छ ।

Ads

सम्बन्धित पोष्टहरू