Ads

नेताहरूलाई देउवाको व्यंग्य : भाषण सुन्ने मानिस नभए पनि बोलिराख्छन्


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले भाषण सुन्ने मानिसहरू नभए पनि नेताहरू भाषण गरिरहेको देखिएको बताए ।

उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।

उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ, सबै कुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।

Ads

सम्बन्धित पोष्टहरू