Ads

त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा विद्या भण्डारी र झलनाथको जम्काभेट


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्या भण्डारी र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच विमानस्थलमा जम्काभेट भएको छ ।

विराटनगरमा जाने क्रममा उनीहरूबीच शुक्रवार बिहान त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो ।

न्युदृष्टि पत्रिकाको वार्षिकोत्सव तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन भण्डारी विराटनगर जाँदै थिइन् । त्यसक्रममा भण्डारी र खनालबीच समान्य कुराकानी भएको हो ।

भण्डारी र खनाल दुवैजना नेपालमा वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने धारणा राख्दै आएका छन् । गतवर्षको फागुनमा राष्ट्रपतिको कार्यकाल पूरा गरेकी भण्डारी शुक्रवार पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन लागेकी हुन् ।

उनी शुक्रवार नै राजधानी फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । विमानस्थलमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, धनकुटाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राइ र एमाले नेत्री निरु पाल थिए ।

Ads

सम्बन्धित पोष्टहरू