Ads

विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा


काठमाडौ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।

चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । प्रदेश समन्वय विभागको प्रमुखमा हाल एआईजी सुदिप गिरी छन् ।

केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीले अध्यागमन कार्यालयका अधिकृतमाथि हातपात गरेको घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए। तर पछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले सम्झाइ बुझाइ गरेर चन्दलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

चन्द राजीनामापत्र फिर्ता लिएर केही दिनका लागि बिदामा बसेका थिए। बिदामा बसेकै बेला उनको सरुवा भएको हो।

 

Ads

सम्बन्धित पोष्टहरू