मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बन्न लागेको पनि बिग्रन सक्ने दिन छ विशेष चनाखो रहनु हितकर होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । खास योजना गोप्य राख्नुहोला । आफन्तजन या अर्काकै काममा आजको दिन बित्ने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नवीन योजनाहरु सिर्जना हुने तथा आम्दानी प्रशस्तै बढ्नेछ दिन छ । अधुरा काम बनी मन हर्षित होला । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कामहरु सजिलैसँग बन्ने समय छ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम उठ्ने योग हुनुका साथै मन प्रफुल्ल रहला । प्रेममा सफलता मिल्नेछ । कामको इच्छाशक्ति पनि बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचार बढने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने समय छ । शरिरमा आलस्यता छाउने देखिन्छ भने कसैसंग सामान्य बादविवाद हुन सक्छ । इर्ष्या गर्नेहरु सक्रिया होलान्, सावधान रहनु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापारमा सफलताले मन रमाउन छ । धन र मान-सम्मान कमाउने अवसर मिल्नेछ । जागीरमा भने ठिकै छ । वशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । रचनात्मकता र रसरागको भाव बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उत्साहजनक समय छ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । तपाईंप्रति ठूला व्यक्तिको आशा र भरोसा पनि रहनेछ । धार्मिक काममा मन जानेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुपर्ने समय छ । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ला । सोच्दैनसोचेको ठाउँमा पैसा जाने दिन छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् । काम गर्ने जाँगर बढ्ने छ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ । आय बृद्धि होला । आरोग्यबल बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । सुख वृद्धि होला । विगतको श्रमबाट पनि धन लाभ हुने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): यात्राको लागि एकदम राम्रो समय रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । साथीभाइसंग रमाइलो भेटघाट होला । नौलो स्थानको यात्रा हुने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय त्यति राम्रो छैन, बाध्यतापूर्ण काममै समय बित्न सक्छ । स्वास्थ्य पनि सामान्य कमजोर रहला । ब्यापार ब्यवसायमा घाटा ब्यहोर्नु पर्ने योग रह्कोले सावधान रहनुहोला । सोचेअनुसार काम बन्न कठिन छ ।
प्रतिक्रिया दिनुहोस्