Ads

पपुवा न्यूगिनीद्धारा नेपाललाई २ सय ५ रनको लक्ष्य


काठमाडौँ । पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज(बुधबार) जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनको योगफल बनाएको हो ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १÷१ विकेट लिएका हुन् ।
नेपालले अहिले पपुवा न्यूगिनीविरुद्ध व्याटिङ गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू