पाँचथर\ पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
हाङ्सारुम्बा शुक्रबार समेत कार्यालयमा हाजिर भएका थिए । अचानक साँझपख नाक र मुखबाट रगत बगेपछि उनलई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
उनमा उच्च रतmचापको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको निधनले नगरपालिका परिवार स्तब्ध भएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्