Ads

सेटिङ गरेर चुनाव जित्न हामीले सक्दैनौँ : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालहा प्रचण्डले सेटिङ गरेर माओवादीले चुनाव जित्न नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा उक्त कुरा बताएका हुन् । उनले विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा मात्र चुनाव जितिएको दाबी गरे ।

उनले भने ‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ । माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ ।’
प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ (जीवन मरण) को सवाल भएको पनि बताएका छन् ।

नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र भइरहेको बताए । आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य नभएर लाइफ एण्ड डेथ भएको बताएका छन् ।

प्रचण्डले गठबन्धनबाट धेरै आशा नगरेको बताए । आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्नेमा प्रचण्डको जोड थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू