काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो ।
अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जीत दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे ।
दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका थिए ।
लगत्तै फेरि उनले शतक प्रहार गरेका हुन् । लगातार दुई चौका प्रहार गर्दै ११८ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, अर्का खेलाडी भीम सार्कीले पनि शतक प्रहार गरे । उनले १२७ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे ।
नेपालको लागि कुशल भुर्तेलले १३ रन बनाए ।
क्यानडालाई तेस्रो खेलमा पनि कम योगफलमा रोक्न डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले १/१ विकेट लिए ।
नेपाललाई २३३ रनको लक्ष्य दिने क्रममा क्यानडाको लागि नवनीत धलिवालले ५०, निखिल दत्तले ४५, साद विन जाफरले ३१ र हर्ष ठाकेरले २९ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्