काठमाडौं। सर्वोच्च अदालतको आदेश विपरित माओवादी केन्द्रले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ।
कर्णाली प्रदेशकाे कालिकोट, हुम्ला, सल्यानदेखि बाग्मती प्रदेशका सिन्धुपाल्चोक, काभ्रे लगायत जिल्ला का केही स्थानीय तहले फागुन १ गतेको ‘‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन् ।
कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्