Ads

फेरि बढ्यो इन्धनको मूल्य,पेट्रोल लिटरको १५५ रुपैयाँ


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।

अन्तर्राष्ट्रिय बजारबाट नै मूल्य बढेर आएपछि घाटा थेग्नै नसक्ने अवस्था भएको निगमले जनाएको छ ।  घाटा थेग्नै नसक्ने भएपछी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमको भनाई छ ।

निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १ सय ५५ रुपैयाँ पुगेको छ ।

डिजेल/मट्टीतेलको प्रतिलिटर ५ रुपैयाँ मूल्य वृद्धि भएर १ सय ३८ रुपैयाँ पुगेको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । निगमले प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ घाटा ग्यास विक्री गरिरहेको निगमले बताएको छ ।

हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १५ रुपैयाँ बढेर १ सय ५१ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।

अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ अमेरिकी डलर पुगेको छ ।

Ads

सम्बन्धित पोष्टहरू