काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालयबाट ७८ जना एसपीको सरुवा भएका छन् । सरुवामा २५ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जसअनुसार झापामा मिलन केसी, मोरङमा नवराज कार्की, धनकुटामा विमल बस्नेत, सिरहामा सन्तोष आचार्य, महोत्तरीमा श्याम कुमार राई, सर्लाहीमा दयानिधी ज्ञवाली, चितवनमा भावेस रिमाल र पर्सामा कुमोद ढुंगेलको सरुवा भएका हुन् ।
त्यस्तै सिन्धुलीमा विनोद शर्मा, काभ्रेमा वसुन्धारा खड्का, सिन्धुपाल्चोकमा सन्तोष खड्का, धादिङमा गौतम केसी, तनहुँमा अपिलराज बोहरा, गोरखामा बासुदेव पाठक, स्याङ्जामा शालिकराज शर्माको सरुवा भएको छ ।
बाग्लुङमा ऋषिराम कँडेल, गुल्मीमा राजन भुजेल, पाल्पामा नरेन्द्र चन्द तथा रुपन्देहीमा रंजितसिंह राठौरको सरुवा भएको छ । कैलालीमा पदम बहादुर बिष्ट, बर्दियामा प्रविण धिताल, सुर्खेतमा रुपेश खड्का तथा कञ्चनपुरमा चक्रराज जोशी र डोटीमा विष्णुहरी कोइरालालाई प्रहरी प्रमुख बनाइएको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी प्रमुख हुने जिल्लाका प्रहरी प्रमुख पनि हेरफेरको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्