Ads

सरकारले सार्वजनिक गर्‍यो २०८१ सालको बिदा सूची


काठमाडाैँ । सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

२०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची बुधवार गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।

वर्षभरि हुने ५३ शनिवारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरिएको गृहले जनाएको छ । राजपत्रमा प्रकाशित उक्त बिदाको सूचीअनुसार २७ दिन पर्व बिदा परेको छ भने ६ वटा दिवस बिदा रहेका छन् । यस्तै २ वटा जन्म जयन्ती बिदा छन्

यीबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीका बिदाको सूची पनि छुट्टाछुट्टै रहेको छ ।

आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन सदाझै बिदा दिइएको छ ।

हेरौं बिदाको सूचीः

Ads

सम्बन्धित पोष्टहरू