Ads

वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गर्दैछन् : सभामुख घिमिरे


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्थाप्रति बढेको वितृष्णा अन्त्य गर्न,राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

उनले केहिको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिक एकतावद्ध हुनुपर्ने बताए। सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने धारणा राखे।

उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयक ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे।

Ads

सम्बन्धित पोष्टहरू