Ads

बिहानैदेखि उपत्यकामा मापसे चेकजाँचमा कडाई , सवारी नियन्त्रणमा


काठमाडौं । उपत्यकामा होली मनाउँदा लापरबाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका २ सय भन्दा बढी सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाकाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले मोटरसाइकल र चार पाङ्ग्रे सवारी होल्ड गरेको जानकारी दिएको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने ट्राफिक प्रहरी महाशाखाकाले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ । चार ठाउँमा राडार गनबाट गति निगरानी गरिएको छ । सातदोवाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यबिनायकमा राडारबाट गति निगरानी गरिएको छ । सवारी–साधन चेकजाँचका लागी १३ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू