Ads

डिडिसीका महाप्रबन्धक झालाई कार्यकक्षमै दलियो कालोमोसो


काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो।

शुक्रबार बिहान १० बजे कार्यालय खुलेपछि संगठनका कार्यकर्ताहरूले महाप्रबन्धक झामाथि उनकै कार्यकक्षमा पुगेर मोसो दलेर दुर्व्यवहार गरेका हुन्।

दुग्ध विकासको १७ करोड रूपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोगजनमा खर्च गरेकाले उनलाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनले जनाएको छ। कालोमोसो दलेको भिडियो समेत सार्वजनिक गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू