काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको जनवाद भनको सहमति भएको बताएका छन् । शनिवार चितवनमा जारी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै ओलीले पार्टी भित्र लोकतन्त्र भनेको सहमति र समझदारी भएको बताए ।
देशभरबाट सर्वसहमतिका साथ महाधिवेशन प्रतिनिधि आउनु राम्रो भएको बताएका छन् । केन्द्रीय नेतृत्व चयनमा पनि सहमति आवश्यक रहेकोमा जोड दिए । उनले भने , ‘पार्टीभित्रको लोकतन्त्र समझदारी हो, सहमति हो र एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो ।’
ओलीले पार्टीभित्र आन्तरिक एकता नै लोकतन्त्र भएको बताए ।
प्रतिक्रिया दिनुहोस्