काठमाडौं । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।
पैदलयात्राको १० औं दिन ईः सहितको टोलीले कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो ।
सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन उद्देश्यले उनीहरुले पैदल यात्रा गरेका थिए। अभियन्ता ईःले पाँच पृष्ठको मागपत्र बुझाएका छन्। मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका छन्।
अभियन्ता ईः ले माघ २८ गते लुम्बिनीबाट पैदलयात्रा थालेका थिए।
प्रतिक्रिया दिनुहोस्