काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औँ स्थापना दिवसका अवसरमा आज(शुक्रबार) उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन् ।
बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए । उनले भने, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।” उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागेका छन् ।
युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्