Ads

स्थानीय तह निर्वाचन : उम्मेदवारी बैशाख ११ र १२ गते दर्ता (यस्तो छ चुनाव तालिका)


काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने छ । निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको आयोगले जानकारी दिएको छ । । निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू