Ads

सन्दीप लामिछानेले उच्च अदालतमा दायर गरे पुनरावेदन


काठमाडाैँ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेकोमा चित्त नबुझेको भन्दै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन दायर गरेका छन् ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गौशला २६ (पीडितको सांकेतिक नाम) माथि बलात्कार गरेको भन्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

बिहीबार लामिछाने आफ्ना कानुन व्यवसायीसहित उच्च अदालत पाटन पुगेर पुनरावेदन गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू