काठमाडौँ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएको थियो ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’ सभा समक्ष पेश गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते सोमबार विहान ११ः०१ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्