Ads

माओवादी नेताजति देउवाको कार्यकर्ता बन्न जाउन्, कार्यकर्ता एमालेतिर आउन् : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल या गठबन्धन दुवै  सम्भव नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘त्यस्ता अवसरवादीलाई कसले लिन्छ, एमालेले लिए न मिल्ने हो । यत्रो जनताप्रति घात गर्ने व्यक्तिलाई कांग्रेसले हिर्कायो भने आऊ भन्नेवाला छैनौँ।’

एमाले धादिङको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले माओवादी कार्यकर्तालाई भने स्वीकार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेताजति शेरबहादुर देउवाको कार्यकर्ता बन्न जाउन् , कार्यकर्ता एमालेतिर आउन् ।’

Ads

सम्बन्धित पोष्टहरू