Ads

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला


काठमाण्डौ । कञ्चनपुरको भिमदत्त नगरपालिका-९ वडा कार्यालय नजिक हाल एकिन नाम, थर, वतन नखुलेका शंकर भनेर बोलाउने गरिएका करिब ४० वर्षीय भारतीय नागरीक शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने ५० वर्षीय ध्यान बहादुर राई सोही ठाउँ बस्ने जितेन्द्र राईको मतान घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ संगमपथ बस्ने ७५ वर्षीय प्रेमराज आचार्य सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका-७ दमाइकुटे कुईभिर खोलामा सोही गाउँपालिका-७ ससुराली गाउँमा बस्दै आएका रौतामाई गाउँपालिका-८ घर भएका ३८ वर्षीय जमान सिंह लाय मगर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता इलामको माई नगरपालिका-२ झ्याम्टेस्थित भिरमा बर्दिया मधुवन नगरपालिका-९ घर भई झापा दोमुखास्थित सिँचाइको ड्याम बनाउने काम गर्दै आएका २१ वर्षीय समिर थारु शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू