काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका, आयोगले पोलेका, सरकारी जग्गामा आँखा गाडेका झण्डावालाको झण्डा छोपेर घर पठाएर छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा महामन्त्री थापाले अख्तियारले डामेका, सहकारी ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई यहाँ राखेर होइन घर पठाएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला । फूल माला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड,’ उनले भने । यताकाले उताको उताकाले यताको डाम्ने काम भएको टिप्पणी उनले गरे ।
‘केही दिनयता यताकाले उताको उताकाले यताको दागी देखाउने दोहोरी चलेको छ । न संसद चल्ने भयो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्