Ads

२०८० फागुन १५ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बादविवादको पनि सम्भावना छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केहि अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज तपाइको कहि टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ, पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला, जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्य्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू