Ads

दरवार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरु रहस्यकै गर्तमा : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन आश्रित स्मृति प्रतिष्ठान केहि व्यक्तिको मागी खाने भाँडो भएपछि मदन भण्डारी फाउण्डेसन खोलेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले दरवार हत्याण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरु रहस्यकै गर्तमा रहेका  बताए ।

राजदवार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको भन्दै ओलीले उक्त नाटकको विरुद्धमा कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको स्मरण गरे ।

ओलीले राजदवार हत्याण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास आफूहरुले रोकेको दाबी गरे । उनले त्यो समयमा उक्त छानबिन समितिमा माधव नेपालको बस्ने रहर पूरा हुन नदिएको दाबी गरे।

ओलीले भने, राजदवार हत्याकाण्डमा दिपेन्द्रले बाउ आमा र भाइ बहिनी मारेको प्लट बनाइयो । अन्तर्राष्ट्रिय समुदाय पनि कतिले बुझे पनि केही भनेनन्,त्यही स्थापित भयो । छानबिन समितिको ड्रामा गरेर त्यसमा माधव नेपाल पनि बस्न रहर गरेका थिए, बसेका थिए तर  हटाइदियौं । कमसेसकम त्यो ड्रामामा एमाले संलग्न नहुने भन्यौैं ।

फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा भएको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरका प्रतिनिधि सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू