Ads

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ


काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेसहित १० जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैंकका डेपुटी सीईओसहित सेन्चुरी बैंकका तत्कालीन सीइओलाई समेत पक्राउ गरेको हो ।

उनी तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा रकम लगानी गर्ने बेलामा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले बताएको छ।

सेञ्चुरी बैंक पछि प्रभु बैंकसँग मर्ज भएको थियो।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुअघि उनले सेञ्चुरीमा ९ महिना कार्यवाहक सीईओको भूमिका निर्वाह गरेका थिए।

दुुई बैंक मर्जरपछि उनी २०७९ पुस २६ मा प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए।

Ads

सम्बन्धित पोष्टहरू