काठमाडाैँ । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरी विशेष कार्यदलका इन्स्पेक्टर उत्तमसिंह भण्डारीसहित ३२ जनाको प्रहरी टोलीलाई फिर्ता गर्ने निर्णय भएको छ ।
प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ प्रहरी टोली पठाइएको हो।
सोमबार लघुवित्त पीडितहरु नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेपछि सुरक्षाको विषयलाई लिएर तरंग उत्पन्न भएको छ ।
यसबारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई बोलाएर आवश्यक छलफल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्