काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरूलाई पठाउने प्रस्ताव भएको सचिव दिनानाथ शर्माले बताए ।
हरिबोल गजुरेल–कोशी इन्चार्ज
लीलामणि पोखरेल– मधेस प्रदेश
अग्नि सापकोटा– बागमती
दीनानाथ शर्मा– गण्डकी
चन्द्रप्रकाश खनाल– लुम्बिनी
कालीबहादुर मल्ल– कर्णाली
गिरिराजमणि पोखरेल–सुदूरपश्चिम
यसअघि कोशी इन्चार्जमा खनाल थिए। गजुरेलले पहिलो पटक इन्चार्जको भूमिका पाएका हुन्। उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटालाई बागमती ल्याइने भएको छ। यसअघि उपमहासचिव जनार्दन शर्मा बागमती इन्चार्ज थिए।
यसैगरी विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ।
प्रतिक्रिया दिनुहोस्