Ads

धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन: नागरिक उड्डयन प्राधिकरण


काठमाडाैँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष निकालेको छ।

विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरान उपमहानगरमा प्राविधिक कारण सम्भव नभएको निष्कर्ष निकालेको हो।

विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने उल्लेख छ।

‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले जनाएको छ।

आर्थिक विश्लेषणपश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्रै सम्भव हुँदा हवाइ यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको देखिएको छ।

धरान उपमहानगरका प्रमुख हर्क साङपाङले धरानमा विमानस्थल बनाउन माग गरेसँगै प्राधिकरणले अध्ययन समिति बनाएको थियो।

Ads

सम्बन्धित पोष्टहरू