Ads

‘जहाँ छन् बुद्धका आँखा…’ गाउँदै भक्तराजकाे अन्तिम बिदाइ (तस्वीरहरू)


काठमाडाैँ । भजनशिराेमणिकाे समेत उपाधि पाएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यकाे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ ।

उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । दागबत्ती दिने क्रममा सत्यस्वरुप भावविह्वल देखिएका थिए ।

अन्तिम संस्कारका क्रममा नेपाल प्रहरीले सलामी दिएकाे थियाे । उपस्थित कलाकारसहितले भक्तराजकाे बहुचर्चित ‘जहाँ छन् बुद्धका आँखा…’ गीत गाएर उनीति सम्मान अर्पण गरेका थिए ।

आचार्यकाे साेमबार अपराह्न निधन भएकाे थियाे । नेपाली सुगम संगीतमा उनका सयाैँ गीतहरू कालजयी छन् ।

हेर्नुहाेस् तस्वीरहरू :

Ads

सम्बन्धित पोष्टहरू