काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउदो स्थानीय निर्वाचनमा २०६४ सालको जस्तैगरि परिचालित हुनु पर्ने बताएका छन् ।
सिन्धुली जिल्ला पार्टी कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०६४ सालको चुनाव जसरी परिचालित भइयो त्यसरी नै परिचालित भएर चुनाव जित्नु पर्ने बताएका हुन् ।
प्रचण्डले २०६४ सालको निर्वाचन वाइसिएलको भरमा जितेको भन्दै त्यस बेला वाइसिएल आयो भनेपछि जाली फटाहाहरूको सातो जान्थ्यो त्यसरी नै अहिले पनि लाग्न निर्देशन दिए । उनले त्यसको लागि सहयोग गर्न हेडक्वार्टर तयार रहेको बताए ।
प्रचण्डले अहिले वाइसियत अलि अलि मुर्जाएको बताए । जनताले आफ्ना छोराछोरी जसरी माया गर्थे र ढुक्कले माओवादीलाई भोट दिएका थिए।
चुनवा जित्नको लागि अब यो दुई महिना गाउँ गाउँमा भोलेन्टियर खटाउनुस् निर्देशन दिए । अरुले गुण्डागर्दी गरेको भन्दै त्यसलाई नियन्त्रण वाइसियलले गर्नु पर्ने बताए ।
आउने चुनाव माओवादीका लागि जीवन मरणको सवाल भएको भन्दै प्रचण्डले युद्धकालमा जस्तै दुई महिना खटिन कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्