काठमाडौँ- मिटर ब्याज पीडितहरुले मंगलबार खालि खुट्टा नै मार्चपास गरेका छन्।
भृकुटीमण्डपबाट सुरु भएको मार्चपास सहिदगेट, न्युरोड, वीर अस्पताल हुँदै शान्ति बाटिका पुगेर आमसभामा परिणत भएको छ। सरकारसँग वार्ताका लागि गएको मिटर ब्याज पीडितहरुको टोली पनि खालि खुट्टा नै गएको छ।
देसरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै मिटरब्याज पीडितहरू फेरि आन्दोलित भएका छन् । यसअघि भएको सहमतिलाई ‘धोका’ भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलित भएका हुन् ।
विगतमा गरिएका सहमति सरकारी पक्षबाट धोका भएको उनीहरूको आरोप छ । सरकारी पक्षबाट विगतको जस्तो धोका नहुने तथा विद्यमान समस्यालाई सदाको लागि अन्त्य गर्नका लागि संघर्ष समितिको तर्फबाट विभिन्न माग अघि सारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्